७२ हजार घुससहित सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत पक्राउ

८ जेठ, जनकपुरधाम । महोत्तरीको सोनमा गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
उपभोक्ता समिति अध्यक्षसँग घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग को कार्यालय बर्दिबासको टोलीले यादवलाई पक्राउ गरेको हो ।
अख्तियारका अनुसार उनलाई औरही सडक क्षेत्रबाट नियन्त्रणमा लिइएको हो । पक्राउका क्रममा उनीसँग थप रकम समेत रहेको आशंका गरिएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

  • सम्बन्धित समाचारहरु

    सुनसरी घटनामा दोषीमाथि कडा कारबाहीको माग गर्दै राप्रपाको सरकारलाई ध्यानाकर्षण

    Read more

    सुनसरी घटनाको प्रभाव देशभर, विराटनगरदेखि काठमाडौंसम्म विरोध प्रदर्शन

    Read more