१३ कात्तिक , काठमाडौ । नेपाली बजारमा शुक्रबार सुनचाँदी दुवैको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३ हजार २०० रुपैयाँले घटेको हो।
महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँ कायम भएको छ। यसअघि बिहीबार सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ३ हजार ९३० रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १०५ रुपैयाँले घटेर ३ हजार ८२५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
शुक्रबारको मूल्यअनुसार सुन र चाँदी दुवैको भाउ घटेपछि उपभोक्तालाई केही राहत मिल्ने देखिएको छ।


















