११ कात्तिक , जनकपुरधाम। धनुषाको सबैला नगरपालिकाबाट लागुऔषध गाँजासहित एक महिला पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालयबाट प्राप्त प्रेस विज्ञप्तिअनुसार, सबैला नगरपालिका–१३ किरतपुर निवासी अन्दाजी ४५ वर्षीया फुलो देवी ठाकुरलाई गाँजासहित नियन्त्रणमा लिइएको हो।
ठाकुरले आफ्नै घरमा लागुऔषध गाँजा बिक्री वितरण गर्ने गरेको विशेष सूचना प्राप्त भएपछि इलाका प्रहरी कार्यालय सबैलाबाट खटिएको प्रहरी टोलीले उनको घरमा खानतलासी गरेको थियो।
खानतलासीका क्रममा २ किलो ७८० ग्राम लागुऔषध गाँजा बरामद भएको प्रहरीले जनाएको छ।
पक्राउ परेकी ठाकुरमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



















