सार्वजनिक स्थानमा पेस्तोलजस्तो हतियार देखाएर नाच्ने नजिमा खातुन प्रहरी नियन्त्रणमा

६ कात्तिक , जनकपुरधाम।  सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गरी नृत्य गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक गर्ने एक महिला प्रहरी नियन्त्रणमा परेकी छन्।

धनुषाको नगराइन नगरपालिका–६ निवासी अन्दाजी २६ वर्षीया नजिमा खातुनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार खातुनले समाजमा हिंसा र त्रास फैलाउन उत्प्रेरित गर्ने उद्देश्यले सार्वजनिक स्थानमा पेस्तोलजस्तो देखिने हातहतियार प्रदर्शन गरी नाचेको र सोको भिडियो सामाजिक सञ्जाल फेसबुकमा अपलोड गरेको पाइएको छ।

उनलाई मिति २०८३ साल कात्तिक ४ गते राति करिब ९:३० बजे धनुषाको गणेशमान चारनाथ नगरपालिका–९ बाट प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले नियन्त्रणमा लिइएकी खातुनमाथि इलाका प्रहरी कार्यालय सबैलाबाट प्रचलित कानूनबमोजिम कारबाही प्रक्रिया अघि बढाउनुका साथै थप अनुसन्धान भइरहेको प्रेस बिग्यप्ती मार्फत  जनाएको छ।

 

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more