तोडफोड र आगजनीको आरोपमा गोलबजार–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ

९ कात्तिक , सिरहा। सार्वजनिक शान्तिविरुद्धको कसुरमा सिरहाको गोलबजार नगरपालिका–११ का वडाध्यक्ष सोहेब अनवर पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार उनलाई आइतबार राति गोलबजारबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार गत साउन १० गते सुनसरीको देवानगञ्ज र साउन १४ गते सिरहाको गोलबजारमा भएका घटनामा संलग्न रहेको आरोपमा अनवरविरुद्ध उजुरी परेको थियो।

‘हिन्दु सम्राट सेना’ नामक संस्थासँग आबद्ध व्यक्तिहरूले गोलबजारमा भएको तोडफोड तथा आगजनीका घटनामा वडाध्यक्ष अनवरको मुख्य भूमिका रहेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएका थिए। सोही जाहेरीका आधारमा प्रहरीले सार्वजनिक शान्तिविरुद्धको कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रहरीका अनुसार अनवर पक्राउबाट बच्न विभिन्न स्थानमा बस्दै आएका थिए। उनी रहेको स्थानबारे सूचना प्राप्त भएपछि खोजतलास गरी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका वडाध्यक्ष अनवरमाथि लागेको आरोप पुष्टि हुन बाँकी छ। प्रहरीले घटनामा उनको संलग्नताबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more