तेस्रो संस्करणको एनपीएलको तयारी पूरा, विजेताले १ करोड ५० लाख पाउने

८ कात्तिक , काठमाडौ ।  नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा सञ्चालन हुन लागेको तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सम्पूर्ण तयारी पूरा भएको छ। प्रतियोगिता भोलिदेखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुँदैछ।

प्रतियोगिताको उपाधि विजेता टोलीले १ करोड ५० लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ। क्यानका अनुसार उपविजेता टोलीले ८० लाख रुपैयाँ, तेस्रो स्थान हासिल गर्ने टोलीले ४० लाख रुपैयाँ र चौथो स्थानमा रहने टोलीले ३० लाख रुपैयाँ पुरस्कार पाउनेछन्।

प्रतियोगिता सञ्चालनका लागि आवश्यक मैदान व्यवस्थापन, प्राविधिक तयारी तथा अन्य भौतिक पूर्वाधारसम्बन्धी काम सम्पन्न भइसकेको क्यानले जनाएको छ। प्रतियोगितालाई व्यवस्थित र भव्य रूपमा सञ्चालन गर्न सम्पूर्ण तयारी चुस्त रूपमा पूरा गरिएको क्यानको भनाइ छ।

तेस्रो संस्करणको एनपीएलबाट करिब ७० करोड रुपैयाँको आर्थिक कारोबार हुने क्यानले अपेक्षा गरेको छ। उक्त कारोबारबाट करिब २० करोड रुपैयाँ शुद्ध आम्दानी हुने अनुमानसमेत क्यानले गरेको छ।

एनपीएलले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा खेल पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। प्रतियोगिताले देशको खेलकुद क्षेत्रसँगै आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास आयोजकले लिएको छ।

  • सम्बन्धित समाचारहरु

    धनुषामा २ किलो ७८० ग्राम गाँजासहित ४५ वर्षीया महिला पक्राउ

    Read more

    हाम्रो बाटोमा हिँडेर, हाम्रो बिजुली बालेर हामीलाई नै गाली गर्छन्’ : प्रचण्ड

    Read more