जसपा र जनमत विपक्षमा, यादवले पाए विश्वासको मत

८ जेठ, जनकपुरधाम। मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव ले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा बहुमत प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री यादवको पक्षमा मतदान गरेका हुन् ।
प्रदेशसभा बैठकमा उपस्थित १०० सदस्यमध्ये मुख्यमन्त्री यादवको पक्षमा ६२ मत परेको थियो भने विपक्षमा ३६ मत परेको थियो ।
नेकपा एमालेलाई मधेस सरकारमा सहभागी गराएपछि बनेको नयाँ सत्ता समीकरणअनुसार नेपाली कांग्रेससँगै नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी तथा नेपाल सङ्घीय समाजवादी पार्टीका प्रदेशसभा सदस्यहरूले मुख्यमन्त्री यादवलाई समर्थन गरेका थिए ।
यता, जसपा नेपालका मन्त्रीहरूलाई बर्खास्त गरिएको तथा आफूहरूसँग विश्वासको मत औपचारिक रूपमा नमागिएको भन्दै जसपा नेपालले मुख्यमन्त्री यादवको विपक्षमा मतदान गरेको जनाएको छ ।
त्यस्तै जनमत पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रदेशसभा सदस्यहरूले पनि मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका छैनन् ।
पछिल्लो राजनीतिक समीकरण परिवर्तनसँगै मधेस प्रदेश सरकारको शक्ति सन्तुलन फेरिएको छ । एमाले सरकारमा सहभागी भएपछि मुख्यमन्त्री यादवले प्रदेशसभामा सहज बहुमत सुरक्षित गरेका हुन् ।

  • सम्बन्धित समाचारहरु

    वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न

    Read more

    नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टोक्ति

    Read more