डीडीसीमा १२ करोडभन्दा बढीको गैरकानुनी लाभ लिएको आरोपमा पूर्वमहाप्रबन्धक झासहित ८ जना पक्राउ

१४ कात्तिक , काठमाडौ । सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) मा भएको आर्थिक अनियमितता प्रकरणमा प्रहरीले तत्कालीन महाप्रबन्धक सञ्जीव झासहित ८ जनालाई पक्राउ गरेको छ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले संस्थानमा मिलेमतो गरी १२ करोड १३ लाख रुपैयाँभन्दा बढीको गैरकानुनी लाभ लिएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

सरकारको निर्देशनपछि अनुसन्धान अघि बढाएको सीआईबीले पक्राउ परेकाहरूमाथि आपराधिक लाभ तथा सङ्गठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको जनाएको छ।

सरकारी स्वामित्वको संस्थानलाई आर्थिक नोक्सानी पुर्‍याउँदै मिलेमतोमा गैरकानुनी लाभ लिएको आरोपमा पूर्वमहाप्रबन्धकसहितका व्यक्तिहरू पक्राउ परेका हुन्।

यस प्रकरणमा पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान भइरहेको छ।

  • सम्बन्धित समाचारहरु

    प्रधानमन्त्रीको निर्देशनपछि पक्राउ परेका सबै पत्रकार रिहा

    Read more

    विशेष अधिवेशनदेखि विधान संशोधनसम्म एन प्याब्सन लाई मन्त्रालय को निर्देशन

    Read more