होटल फरेस्ट इनको आईपीओ खुल्यो

४ माघ, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई होटल फरेस्ट इनको आईपीओ आइतबारदेखि खुलेको छ ।

कम्पनीले जारी पूँजी २ अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् ४० करोड रुपैयाँको आईपीओ सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो । जसमध्येको १० प्रतिशत अर्थात् ४ लाख कित्ता सेयर अंकित मूल्य १ सयका दरले वैदेशिक रोजगारमा रहेकालाई छुट्याइएको छ ।

आईपीओमा न्यूनतम १० तथा अधिकतम २ लाख कित्तासम्म आवेदन दिन सक्नेछन् । बिक्री प्रबन्धकमा एनआईसी एसिया क्यापिटल रहेको छ । अनलाइन प्रणाली मेरोसेयरमार्फत आवेदन दिन सक्नेछन् ।

छिटोमा माघ ८ गतेसम्म र ढिलोमा १८ गतेसम्म आवेदन दिन सक्नेछन् । आर्थिक वर्ष २०८१र८२ को वित्तीय विवरणअनुसार कम्पनीको प्रतिसेयर नेटवर्थ ९०।६५ रुपैयाँ छ । त्यस्तै प्रतिसेयर आम्दानी १६।८६ रुपैयाँ ऋणात्मक छ ।

सम्बन्धित समाचारहरु

हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

Read more

सुनसरी घटनामा सरकारले न्याय दिलाउने, दोषी उम्किन नदिने प्रधानमन्त्रीको प्रतिबद्धता

Read more