कांग्रेस देउवा समूहद्वारा निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट

माघ ४, काठमाडौ ।— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा समूहले पार्टीसम्बन्धी निर्वाचन आयोगको निर्णय उल्ट्याउन माग गर्दै आइतबार (माघ ४) सर्वोच्च अदालतमा रिट दायर गरेको छ। सर्वोच्च प्रशासनका अनुसार रिट दर्ता भइसकेको छ।
तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले रिट दायर गरेका हुन्। देउवा समूहका कानुन व्यवसायीले रिटको पेसी आजै तोक्न आग्रह गरे पनि सर्वोच्च प्रशासनले सो दिन सुनुवाइ सम्भव नभएको जनाएको छ। प्रशासनले रिटको पेसी आगामी माघ ६ गतेका लागि तोकेको छ। भोलि (माघ ५) सार्वजनिक बिदा रहेकाले सुनुवाइ नहुने जनाइएको छ।
निर्वाचन आयोगले कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको कार्यसमितिलाई मान्यता दिएपछि देउवा समूह सर्वोच्च अदालत पुगेको हो।
रिट दायर गर्ने क्रममा पूर्णबहादुर खड्कासँगै प्रकाशमान सिंह, विमलेन्द्र निधि, मानबहादुर विश्वकर्मा, मीन विश्वकर्मालगायत कांग्रेसका नेताहरू सर्वोच्च अदालत पुगेका थिए। यस अवसरमा सर्वोच्च अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको जनाइएको छ।

  • सम्बन्धित समाचारहरु

    उदयपुरको चौदण्डिगढीमा आगोमा जलेर २ जनाको मृत्यु

    Read more

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more