निर्वाचनको मिति सर्न सक्ने संकेत

४ माघ, काठमाडौं । प्रधानमन्त्री सुशीला कार्यकीले आसन्न निर्वाचन, निर्वाचन आचारसंहिता लगायतका समसामयिक विषयमा छलफल गर्न मन्त्रीहरूसहितको बैठक बोलाएकी छन् ।

आइतबार ४ बजे प्रधानमन्त्री निवास, बालुवाटारमा बैठक हुनेछ । निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित रूपमा सम्पन्न गर्न सरोकारवालाबीच विचार–विमर्श गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो ।

चुनावका लागि प्रत्यक्षतर्फ मंगलबार उम्मेदवारी दर्ता गर्ने कार्यसूची छ । तर राजनीतिक दलहरूले उम्मेदवारी चयनका लागि आन्तरिक व्यवस्थापन गर्न समस्या परेपछि केही दिन मिति सार्न निर्वाचन आयोगलाई अनुरोध गरिरहेका छन् ।

  • सम्बन्धित समाचारहरु

    विशेष अधिवेशनदेखि विधान संशोधनसम्म एन प्याब्सन लाई मन्त्रालय को निर्देशन

    Read more

    एन–प्याब्सन नेपाल निलम्बित, अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक

    Read more