रास्वपा प्रवक्ता मनिष झा धनुषा ३ बाट उम्मेदवारी दिने

४ माघ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवक्ता मनिष झा धनुषा–३ बाट उम्मेदवार बन्ने भएका छन् ।

अघिल्लो पटकको निर्वाचनमा समानुपातिक सांसद झा यसपटक प्रत्यक्षको प्रतिस्पर्धी बन्न लागेका हुन् । गत निर्वाचनमा यस क्षेत्रमा एमालेबाट जुली महतोले निर्वाचन जितेकी थिइन् ।

एमालेबाट यसपटक पनि महतोलाई उम्मेदवार बनाएको छ । कांग्रेसबाट भने उम्मेदवार तय भइसकेको छैन । नेता विमलेन्द्र निधिको नाम एकल सिफारिस भएर आएको थियो ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more