मेयर पदबाट राजीनामा दिँदै बालेन

४ माघ, काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आज पदबाट रानीनामा दिँदै छन् । केहीबेरमा राजीनामा दिएर उनी आज दिउँसो २ बजे बस्ने रास्वपाको केन्द्रीय कमिटी बैठकमा सहभागी हुने तयारीमा छन् ।

रास्वपाको केन्द्रीय कमिटी बैठकबाट प्रतिनिधि सभा सदस्य निर्वाचनको उम्मेदवार टुंगो लगाइँदै छ । उम्मेदवार टुंगो लगाएर सभापति रवि लामिछाने र बालेन आजै जनकपुर जाने कार्यक्रम छ ।

बालेन झापा क्षेत्र नम्बर ५ बाट चुनाव लड्ने तयारीमा छन् । त्यसका लागि रास्वपाले सम्पर्क कार्यालय स्थापना गरिसकेको छ ।

इन्जिनियर विषय अध्ययन गरी र्‍यापरको छवि बनाएका बालेन २०७९ सालको निर्वाचनमा काठमाडौंको मेयर पदमा लोकप्रिय मतसहित निर्वाचित भएका थिए । जेनजी आन्दोलनपछि उनी रास्वपा प्रवेश गरेका थिए ।

गत पुस १३ गते रास्वपा सभापति रवि लामिछाने र मेयर बालेन शाहले एउटै दलमार्फत प्रतिनिधिसभा निर्वाचनमा प्रतिस्पर्धा गर्ने घोषणासहित ७ बुँदे सम्झौता गरेका थिए ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more