रास्वपामा १६५ निर्वाचन क्षेत्रका लागि ७६८ आकांक्षीका निवेदन

माघ ४, काठमाडौ । — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रतिनिधिसभाका १६५ वटै निर्वाचन क्षेत्रका लागि उम्मेदवार बन्न इच्छुक ७६८ जनाले निवेदन दिएका छन्। पार्टीका अनुसार उम्मेदवार छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको छ।
रास्वपाले पूर्व सांसद, पार्टीका केन्द्रीय पदाधिकारी तथा प्रदेश सभापतिलाई उनीहरूले रोजेको निर्वाचन क्षेत्रमै टिकट प्रदान गर्ने निर्णय गरेको छ। अन्य निर्वाचन क्षेत्रका हकमा भने छनोट समितिको सिफारिसमा परेका दुई जना उम्मेदवारमध्ये एक जनालाई टिकट दिइने पार्टीले जनाएको छ।

पार्टी स्रोतका अनुसार उम्मेदवार छनोटमा संगठनात्मक क्षमता, जनसमर्थन, राजनीतिक प्रतिबद्धता र विगतको कार्यसम्पादनलाई आधार बनाइएको छ।

रास्वपाले आज दिउँसोसम्म सबै निर्वाचन क्षेत्रका उम्मेदवारको नामावली सार्वजनिक गर्ने तयारी गरेको छ। उम्मेदवार घोषणा भएसँगै पार्टीले देशव्यापी रूपमा चुनावी गतिविधि तीव्र बनाउने जनाएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more