राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन प्रतिनिधिहरु धमाधम घर फर्किदै

११ असार, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) महाधिवेशन प्रतिनिधिहरु धमाधम घर फर्कन थालेका छन् । केन्द्रीय सदस्यको लागि मतदान गरेलगत्तै प्रतिनिधिहरु फर्किन थालेका हुन् ।

मंगलबारसम्म तोकिएको महाधिवेशनको अवधि थप दुई दिन लम्बिएपछि प्रतिनिधिहरू घर फर्कन लागेका हुन् ।

बुधबार मध्यरातिदेखि ९९ जना केन्द्रीय सदस्यको लागि मतदान जारी छ । बिहीबार दिउँसोसम्म केन्द्रीय सदस्यको लागि मतदान जारी हुने देखिएको छ ।

सभापति र केन्द्रीय सदस्यको निर्वाचन भएपछि मात्रै थप पदाधिकारीको लागि दोस्रो चरणमा मतदान गर्ने विधानको व्यवस्था छ ।

दोस्रो चरणको मतदानको लागि प्रतीक्षा नगरी प्रतिनिधिहरु घर फर्कन लागेका हुन् । गण्डकीबाट आएका एक प्रतिनिधिले  भने, ‘ पदाधिकारीको चुनाव जे सुकै होस् । म फर्कन लागे ।’

मंगलबारबाट महाधिवेशन लम्बिए लगत्तै प्रतिनिधिहरु घर फर्कन लागेका थिए । भूगोलबाट केन्द्रीय सदस्यमा उठेका एक उम्मेद्वारको अनुसार ५० प्रतिशत बढी प्रतिनिधिले चितवन छोडिसकेका छन् ।
निर्वाचन आयोगले प्रतिनिधिको यकिन तथ्याङ्क बाहिर ल्याएको छैन । आयोगका अनुसार ४१ सय हाराहारी प्रतिनिधि रहेका छन् ।

निर्वाचन आयोगले पदाधिकारीको लागि हुने मतदानको कार्यतालिका हालसम्म सार्वजनिक गरेको छैन।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा निष्पक्ष छानबिन र कडा कारबाहीको माग गर्दै हिन्दु सम्राट नेपालको मागपत्र

    Read more

    हिंसा होइन, संवादबाट समाधान खोज्न प्रमुख दलहरूको संयुक्त प्रतिबद्धता

    Read more