सुनको मूल्यमा ठूलो गिरावट, चाँदी पनि सस्तो भयो

११ अषाढ, काठमाडौ । । नेपाली बजारमा बिहीबार सुन र चाँदी दुवैको मूल्य उल्लेख्य रूपमा घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ५ हजार २०० रुपैयाँले घटेको हो।
महासंघले सार्वजनिक गरेको नयाँ दरअनुसार छापावाल सुन प्रतितोला २ लाख ७८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँ कायम भएको थियो।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी प्रतितोला २५० रुपैयाँले सस्तो हुँदै ४ हजार २३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला ४ हजार ४८५ रुपैयाँ रहेको थियो।
अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीको मूल्यमा आएको उतारचढावका कारण नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव देखिएको व्यवसायीहरूले बताएका छन्। लगातार बढ्दो क्रममा रहेको सुनको मूल्यमा आएको यो गिरावटले खरिदकर्तालाई केही राहत मिल्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more