माग सम्बोधनको आश्वासनपछि नेशनल प्याब्सनको तत्कालका लागि आन्दोलन को औचित्य छैन – बजेन्द्र मिश्र

श्रावण २९, जनकपुरधाम। निजि बिधालयको छाता संगठन नेशनल प्याब्सनले तत्कालका लागि कुनै पनि  आन्दोलनमा आफ्नो सहभागिता नरहेको  जनाएको छ। संगठनका उपाध्यक्ष ब्रजेन्द्र मिश्राले जारी गरेको सूचना अनुसार, प्रस्तावित विद्यालय शिक्षा ऐनका निजी विद्यालयसँग सम्बन्धित केही धाराहरू अस्वीकार्य भएकाले तिनको संशोधनका लागि पहल भइरहेको र यस विषयमा राज्य पक्षले सकारात्मक संकेत दिएको छ।

मिश्राका अनुसार, राज्य पक्षले केही समयको अनुरोध गरेको र सो अनुरोधलाई स्वीकार गर्दै संगठनले तत्कालका लागि आन्दोलन स्थगित गरेको हो। उनले भने, “केही समय प्रतीक्षा गर्छौँ, तर यदि माग सम्बोधन भएन भने आन्दोलनमा जानुको विकल्प रहने छैन, र त्यसअनुसार कार्यक्रम सार्वजनिक गरिनेछ।”

नेशनल प्याब्सनले यसअघि निजी विद्यालयलाई गैरनाफामूलक बनाउने प्रावधानलगायतका धाराहरू संशोधन गर्न माग गर्दै आन्दोलनको चेतावनी दिएको थियो। हाल भने, वार्ता र आश्वासनका आधारमा आन्दोलनमा सहभागिता बारे संगठनले स्पष्ट पारेको छ।

 

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more

    Leave a Reply