हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

९ असोज, काठमाडौ । ‘हुंकार मधेस’ले संघीय संरचनालाई थप अधिकारसम्पन्न बनाउनेदेखि आर्थिक समृद्धिसम्मका विभिन्न एजेन्डा सार्वजनिक गरेको छ।

अभियानले संघीय संरचनालाई थप अधिकारसम्पन्न बनाउने र लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने विषयलाई आफ्नो एजेन्डामा समेटेको जनाएको छ। त्यस्तै, भ्रष्टाचाररहित समाज निर्माणलाई पनि प्राथमिकतामा राखिएको उल्लेख छ।

‘हुंकार मधेस’ले ‘संघीय लोकतान्त्रिक हिन्दु गणराज्य’ घोषणा गर्ने प्रस्ताव अघि सारेको छ। त्यसैगरी, समग्र थरुहट–मधेस क्षेत्रलाई एउटै स्वायत्त प्रदेश बनाउने प्रस्ताव पनि अभियानले सार्वजनिक गरेको छ।

अभियानका अन्य प्रस्तावमा चुरे संरक्षणका लागि छुट्टै प्राधिकरण गठन गर्ने तथा किसानलाई प्रत्यक्ष सुविधा र अनुदान उपलब्ध गराउने विषय समावेश छन्।

आर्थिक क्षेत्रमा भने अभियानले आगामी १० वर्षभित्र नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ४२ अर्ब अमेरिकी डलरबाट बढाएर ५०० अर्ब अमेरिकी डलर पुर्‍याउने लक्ष्य सार्वजनिक गरेको छ। साथै, प्रतिव्यक्ति आय १५ गुणाले वृद्धि गर्ने लक्ष्यसमेत अघि सारिएको छ।

यी विषयहरू ‘हुंकार मधेस’ले सार्वजनिक गरेको अभियानका प्रस्ताव तथा एजेन्डाका रूपमा प्रस्तुत गरिएका हुन्।

  • सम्बन्धित समाचारहरु

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more

    मदरसाबाट भागेका तीन किशोरी भारतको लुधियानाबाट उद्धार, घर फर्किए

    Read more