८ असोज , जलेश्वर । सम्भावित अविरल वर्षाबाट हुन सक्ने जोखिम न्यूनीकरणका लागि जलेश्वर नगरपालिकाभित्रका सबै सामुदायिक, संस्थागत तथा धार्मिक विद्यालय दुई दिन बन्द हुने भएका छन्।
नेपाल सरकार, शिक्षा तथा खेलकुद मन्त्रालयको २०८३ असोज ७ गतेको सूचनाअनुसार असोज ८ र ९ गते पठनपाठन बन्द गर्ने निर्णय गरिएको जलेश्वर नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सम्बन्धित सबै विद्यालयलाई असोज ८ गतेदेखि असोज ९ गतेसम्म पठनपाठन बन्द रहने जानकारी गराएको हो।
नगरपालिकाका अनुसार सामुदायिक विद्यालयको हकमा उक्त दुई दिनको बिदा वर्षे बिदाबाट कट्टा हुने गरी दिइएको छ।
भारी वर्षाका कारण विद्यार्थी तथा विद्यालय समुदायमा सम्भावित जोखिम हुन नदिन विद्यालय बन्द गर्ने निर्णय गरिएको जनाइएको छ।

















