५ असोज , काठमाडौ । राष्ट्रिय मुक्ति पार्टीले संविधान संशोधन र असन्तुष्ट समुदायका सवालबारेको बहसलाई देशव्यापी रूपमा अघि बढाउने निर्णय गरेको छ । असोज ३ गते आयोजित ‘संविधान संशोधन : असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रियाको समीक्षा गर्दै पार्टीले यस्तो निर्णय गरेको हो ।
संविधान दिवसका अवसरमा आयोजित उक्त कार्यक्रममा संविधान संशोधन तथा विभिन्न समुदायका सवालबारे विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुन व्यवसायी, सामाजिक अभियन्ता तथा युवा प्रतिनिधिले धारणा राखेका थिए । पार्टीका अनुसार कार्यक्रममा उठेका विचार तथा सुझावलाई आगामी अभियानका लागि दस्तावेजीकरण गरिनेछ ।
कार्यक्रममा जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादव, पूर्वमन्त्री लक्ष्मणलाल कर्ण, प्रा. डा. निर्मलमणि अधिकारी, बुद्धछिरिङ मोक्तान, वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो, समिम मिया अन्सारी, संविधान सभा सदस्य रामकुमार शर्मालगायत सहभागी थिए ।
पार्टीले अन्तरक्रियामा विभिन्न क्षेत्रका प्रतिनिधिबाट आएका सुझाव तथा धारणालाई आधिकारिक रूपमा अभिलेखीकरण गर्ने निर्णयसमेत गरेको छ । त्यसकै आधारमा संविधान संशोधनसँग सम्बन्धित बहसलाई विभिन्न जिल्ला तथा क्षेत्रमा पुर्याउने तयारी गरिएको जनाएको छ ।
पार्टीका महासचिव सन्तोष मेहताका अनुसार अन्तरक्रियाबाट उठेका विषयको सान्दर्भिकता कायम रहेकाले यसलाई देशभर अभियानका रूपमा सञ्चालन गर्ने निर्णय गरिएको हो । उनले विभिन्न क्षेत्रबाट आएका विचार र सुझावलाई समेटेर आगामी कार्यक्रम अघि बढाइने जानकारी दिए ।
संविधान संशोधनको विषयमा पछिल्लो समय विभिन्न राजनीतिक दल तथा समूहले आ–आफ्ना धारणा सार्वजनिक गर्दै आएका छन् । सरकारले पनि संविधान संशोधनसम्बन्धी बहस अघि बढाइरहेको सन्दर्भमा यस विषयमा राजनीतिक तथा सार्वजनिक बहस जारी



















