३ असोज, सुनसरी । देवानगञ्ज, सुनसरी । सुनसरीको देवानगञ्ज क्षेत्रमा गोली चलेको सूचना र दुईवटा मोटरसाइकलमा आगजनीको घटनापछि स्थानीय क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ।
स्थलगत प्रारम्भिक जानकारीअनुसार, एक जना युवाको तिघ्रामा गोली लागेको सूचना प्राप्त भएको छ। गोली चलेको सूचनापछि घटनाक्रम थप तनावपूर्ण बनेको र दुईवटा मोटरसाइकलमा आगजनी गरिएको बताइएको छ।
घटनापछि सम्भावित जोखिमलाई मध्यनजर गर्दै देवानगञ्ज क्षेत्रमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ। घटनास्थल तथा आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
गोली चलेको वास्तविक कारण, घाइतेको अवस्था, आगजनीबाट भएको क्षति तथा घटनामा संलग्न व्यक्तिहरूबारे सम्बन्धित निकायबाट आधिकारिक विवरण सार्वजनिक हुन बाँकी छ।
घटनाका कारण देवानगञ्ज क्षेत्रमा तनाव कायम रहेको छ। प्रहरीले अवस्थालाई नियन्त्रणमा लिन सुरक्षा परिचालन बढाएको छ।


















