छठ पर्वलाई युनेस्कोको अमूर्त सांस्कृतिक सम्पदा सूचीमा सूचीकृत गर्ने भारतको पहल

श्रावण २८,नयाँ दिल्ली , भारत। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारले महापर्व छठलाई युनेस्को (UNESCO) को Intangible Cultural Heritage सूचीमा समावेश गर्ने प्रक्रिया सुरु गरेको छ। सरकारको यो पहलले छठ पर्वलाई अन्तर्राष्ट्रिय स्तरमा अझ व्यापक पहिचान दिलाउने अपेक्षा गरिएको छ।

छठ पर्व विशेषगरी बिहार, झारखण्ड, उत्तर प्रदेश र नेपालका तराई–मधेश क्षेत्रमा धूमधामका साथ मनाइने महत्वपूर्ण धार्मिक तथा सांस्कृतिक पर्व हो। सूर्य भगवान र छठी मइयाको पूजा–अर्चना गरी मनाइने यो पर्वलाई आस्था, स्वच्छता र प्रकृतिप्रति कृतज्ञताको अद्वितीय उदाहरणका रूपमा लिइन्छ।

भारतीय संस्कृति मन्त्रालयका अनुसार युनेस्कोको सूचीमा सूचीकृत गर्न आवश्यक कागजात, विवरण र प्रमाण संकलनको कार्य सुरु गरिएको छ। यस सूचीमा समावेश भएपछि छठ पर्वको संरक्षण, प्रवर्द्धन र अन्तर्राष्ट्रिय प्रचारमा सहयोग पुग्नेछ।संस्कृति विज्ञहरूले छठ पर्वको ऐतिहासिक, धार्मिक र सामाजिक महत्त्वलाई अन्तर्राष्ट्रिय समुदायमा उजागर गर्न भारतको यो कदम महत्वपूर्ण भएको बताएका छन्।

 

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more

    Leave a Reply