जनता समाजवादी पार्टी र राष्ट्रिय मुक्ति पार्टीबीच कार्यगत एकता घोषणा हुने

श्रावण २८, काठमाडौ ।– जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय मुक्ति पार्टी नेपालबीच कार्यगत एकताको घोषणा हुने भएको छ। सो एकता कार्यक्रम आगामी साउन २९ गते काठमाडौंमा आयोजना हुने भएको हो।

जसपाका अध्यक्ष अशोक कुमार राई र राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष राजेन्द्र महतोले संयुक्त हस्ताक्षर गरेर पत्रकार र सञ्चारकर्मीहरूलाई उक्त कार्यक्रमको निमन्त्रणा दिएका छन्। पत्र अनुसार कार्यगत एकता घोषणा कार्यक्रम काठमाडौंको कृष्णभोग पार्टी प्यालेस, नयाँ बानेश्वर, पाठशाला स्कूल नजिक दिउँसो ३:०० बजे सुरु हुनेछ।

दुवै पार्टीका अध्यक्षहरूले एकताको उद्देश्य र भावी राजनीतिक यात्राबारे विस्तृत जानकारी उक्त कार्यक्रममा दिनेछन्। यस एकतालाई मधेश र राष्ट्रिय राजनीतिमा नयाँ राजनीतिक समीकरणको सुरुवातका रूपमा हेरिएको छ

  • सम्बन्धित समाचारहरु

    संयुक्त हिन्दु मोर्चाले सरकारसमक्ष १३ बुँदे मागपत्र बुझायो

    Read more

    जनकपुरधाममा आन्दोलनरत पक्षसँग सरकारको दोस्रो चरणको वार्ता सुरु

    Read more

    Leave a Reply