धनुषामा प्रहरीको गोली लागेर एक जना घाइते, लागुऔषधसहित दुई पक्राउ

श्रावण २८, जनकपुरधाम।धनुषाको मिथिला नगरपालिका–२ मा प्रहरीले गोली प्रहार गरेर लागुऔषध कारोबारमा संलग्न दुई जनालाई नियन्त्रणमा लिएको छ। घटनामा एक जना घाइते भएका छन्।

लागुऔषध नियन्त्रण ब्युरो, काठमाडौँबाट खटिएको इन्स्पेक्टर राकेश यादव र वरिष्ठ सई बालककृष्ण सन्जेल नेतृत्वको टोलीले कारबाहीका क्रममा २ राउन्ड गोली प्रहार गरेको थियो। गोली लागेर लागुऔषध कारोबारी पप्पु शाह घाइते भएका छन्। उनको दायाँ खुट्टामा गोली लागेको र हाल उपचाररत रहेको प्रहरीले जनाएको छ।

पप्पुसँगै एक जना महिलालाई पनि पक्राउ गरिएको छ। प्रहरीका अनुसार उनीहरू लागुऔषध कारोबारमा सक्रिय रहेको सूचनाका आधारमा अनुगमन गर्दै जाँदा उनीहरूलाई नियन्त्रणमा लिन खोज्दा प्रतिकार गरेपछि गोली चलाइएको हो।कारबाहीका क्रममा प्रहरीले उनीहरूको साथबाट करिब २२५ ग्राम खैरो हेरोइन बरामद गरेको छ। बरामद गरिएको लागुऔषध र पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि लागुऔषध नियन्त्रण ब्युरोमा पठाइएको छ।

 

  • सम्बन्धित समाचारहरु

    हुंकार मधेस’ले संघीयता सबलीकरणदेखि आर्थिक समृद्धिसम्मका एजेन्डा सार्वजनिक

    Read more

    कांग्रेस महाधिवेशनको तयारीमा धनुषामा देउवा पक्ष सक्रिय, संयोजकमा कोमलकान्त झा

    Read more

    Leave a Reply