जनकपुरधामको गोदावरी अस्पतालमा उपचारका क्रममा युवकको मृत्यु, परिवारजन आक्रोशित

श्रावण २८, जनकपुरधाम ।धनुषाको जनकपुरधामस्थित गोदावरी अस्पतालमा उपचाररत एक युवकको मृत्यु भएपछि परिवारजनले डाक्टर तथा अस्पताल प्रशासनमाथि लापरबाहीको आरोप लगाउँदै आक्रोश व्यक्त गरेका छन्।

जानकारी अनुसार हिजो उपमहानगरपालिका–७ निवासी चालक नुर मोहम्मद राईन र पछाडि सवार असलम राईन मोटरसाइकलमा पसल जाँदै गर्दा बाटोमा साढेसँग ठोक्किने दुर्घटनामा परेका थिए। दुर्घटनापछि दुवै जनालाई तत्काल प्रादेशिक अस्पताल, जनकपुरमा भर्ना गरिएको थियो।

प्रादेशिक अस्पतालका डाक्टरहरूले पछाडि सवार असलम राईनको अवस्था गम्भीर देखिएको भन्दै उनलाई तत्काल गोदावरी अस्पतालमा रिफर गरेका थिए। मुर्गा व्यापारी समेत रहेका असलमलाई गोदावरी अस्पतालमा भर्ना गरिए पनि उपचारका क्रममा उनको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

मृतकका परिवारजनले डाक्टर र नर्सहरूको लापरबाहीका कारण असलमको मृत्यु भएको दाबी गरेका छन्। उनका अनुसार अस्पतालका नर्सहरू विरामीको हेरचाह नगरी मोबाइलमा व्यस्त देखिएका थिए भने प्रमुख चिकित्सकले मोबाइल स्विच अफ गरी अस्पतालबाट फरार भएको आरोप लगाइएको छ।परिवारजनले घटनामा संलग्न चिकित्सक र अस्पताल प्रशासनको स्पष्ट जवाफ तथा उपचार रिपोर्ट नआउँदासम्म शव नउठाउने अडान लिएका छन्। यस विषयमा अस्पताल प्रशासन र प्रहरीलाई पनि अवगत गराइएको बुझिएको छ।

 

  • सम्बन्धित समाचारहरु

    रास्वपाद्वारा स्थानीय तह लक्षित ‘उम्मेदवार क्लब’ गठनको तयारी

    Read more

    सेयर विवादमा तानिएका गृहमन्त्री सुधन गुरुङ राजीनामा दिन तयार, निर्णायक छलफल जारी

    Read more

    Leave a Reply