अत्यधिक गर्मीका कारण वीरगञ्जका विद्यालय तीन दिन बन्द

१० अषाढ, बिरगंज ।  अत्यधिक गर्मीका कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने भन्दै वीरगञ्ज महानगरपालिकाले आफ्नो क्षेत्रभित्रका सबै विद्यालयमा तीन दिन बिदा दिएको छ।

महानगरपालिकाको शिक्षा प्रशासन महाशाखाले सोमबार सूचना जारी गर्दै असार ११ गतेदेखि १३ गतेसम्म बाल विकासदेखि कक्षा १२ सम्मका सबै सामुदायिक तथा संस्थागत (मदरसा समेत) विद्यालय बन्द रहने जनाएको हो।

जारी सूचनाअनुसार पछिल्ला दिनमा बढ्दो गर्मीले बालबालिकाको स्वास्थ्यमा नकारात्मक प्रभाव पार्ने जोखिम बढेकाले वर्षे बिदाबाट कट्टा हुने गरी उक्त अवधिमा विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।

महानगरपालिकाले विद्यालय व्यवस्थापन तथा सम्बन्धित पक्षलाई निर्णय कार्यान्वयन गर्न निर्देशन दिँदै विद्यार्थीहरूको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर बिदा दिइएको जनाएको छ।

वीरगञ्जसहित तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा तापक्रम उच्च बनेपछि जनजीवन प्रभावित हुँदै गएको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more