संघीय लोकतान्त्रिक गणतन्त्र प्रति प्रतिबद्धता कायम रहेको सांसद यादवको भनाइ

११ अषाढ, काठमाडौ ।  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य शिव शंकर यादव ले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता र संविधानप्रति आफु  पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन्।
सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै यादवले  एक हातमा पार्टीको चुनाव चिह्न घण्टी र अर्को हातमा नेपाली जनताको संघर्ष, त्याग र बलिदानबाट प्राप्त उपलब्धिको जगमा बनेको नेपालको संविधान बोकेर अघि बढिरहेको उल्लेख गरेका छन्।
उनले संविधानले सुनिश्चित गरेको संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय तथा लोकतान्त्रिक मूल्य–मान्यताप्रति पार्टीको स्पष्ट प्रतिबद्धता रहेको बताएका छन्। संविधान कार्यान्वयनको १० वर्षको अवधिमा देखिएका केही त्रुटि, कमजोरी वा सुधार गर्नुपर्ने पक्षहरूलाई लोकतान्त्रिक तथा प्रगतिशील प्रक्रियामार्फत सच्याउन सकिने उनको भनाइ छ।
यादवले संघीय लोकतान्त्रिक गणतन्त्र, समावेशिता, सामाजिक न्याय र जनअधिकार संविधानका आधारभूत मूल्यहरू भएको उल्लेख गर्दै यी उपलब्धिहरू नेपाली जनताको लामो संघर्ष, त्याग र बलिदानबाट स्थापित भएको बताएका छन्।
उनले ती उपलब्धिको संरक्षण र थप सुदृढीकरणप्रति आफु दृढ रहेको दाबी गरेका छन्। साथै, “बलियो संघीय लोकतान्त्रिक गणतन्त्रबाट नै देश र जनता बलियो हुन्छन्” भन्ने धारणा पनि उनले व्यक्त गरेका छन्।
सांसद यादवको यो अभिव्यक्ति संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानप्रति रास्वपाको धारणा सम्बन्धी बहस चलिरहेका बेला सार्वजनिक भएको हो।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more