पञ्चायतकालका ती काला दिन गोपाल बरालले सम्झिदा

सम्झन्छु , पञ्चायतकालका ती काला दिन । जतिखेर प्रजातन्त्र पुनस्र्थापनाको आन्दोलन बढाउन लुक्दै, छिप्दै सङ्गठन निर्माणमा जुटिन्थ्यो । ती अप्ठ्यारा दिनमा कम्युनिष्ट पार्टीको सङ्गठन निर्माणको कुरा पाइलैपिच्छे खतरापूर्ण थियो । महोत्तरीको गोनरपुरा, बदिया, बन्चौरी , पडौल, हरिगोरीगम्मा र बनौटासहितका बस्तीमा सङ्गठन निर्माणमा सघाउने आदरणीय भरतचन्द्र मिश्र (हाल– महोत्तरी गाउँपालिका–६ गोरीगम्मा) हुनुहुन्थ्यो । उहाँको घरमा कैयनपटक पार्टी जिल्ला कमिटीको भूमिगत बैठक गरिएका झलझली सम्झनामा छन् । हिजो (२६ जेठ २०८२ सोमबार) मलाई अन्तस्करणबाटै उहाँलाई भेटौ भन्ने लागेर हरिगोरीगम्मा पुगें । राम्ररी आँखा नदेख्ने ९० वर्षीय भरतबाबुले म बोल्नासाथ ’गोपालबाबु’ भन्नुभयो । यो २०५६ यताको पहिलो भेट हो । पञ्चायतकालदेखि बाम राजनीतिमा जोडिनु भएका भरतबाबु २०५२ सम्म नेकपा एमालेको जिल्ला कमिटीमै सङ्गठित रहनुभयो ।

त्यो भेगमा कम्युनिष्ट पार्टी बढाउन परमादरणीय जिवेन्द्रनाथ झा (बलवा) हामी सबै कार्यकर्ताका उत्प्रेरक हुनुहुन्थ्यो । हामी प्रेमबस जिवछबाबुको सम्बोधन गथ्र्याै उहाँलाई । भरतजीसँग मेरो भेट सम्भवत २०३७ सालमा जिवछबाबुले नै गराउनु भएको थियो । बलवा महोत्तरीमा कम्युनिष्ट पार्टीको स्थापना गर्ने संस्थापकमध्येका इन्द्रबहादुर मल्लको कर्मभूमि हो । जिवछबाबुलाई उहाँले नै विसं २०१० तिर कम्युनिष्ट पार्टीमा सङ्गठित गर्नुभएको उहाँ बताउनुहुन्थ्यो । कम्युनिष्ट आन्दोलनको यो उर्वरभूमिमा मैले झोला बोकेर युवावस्था कटाएको छु । त्यतिखेरका अग्रजहरु रामरिझन महतो (बन्चौरी) लाई सम्झन्छु । २०१० सालतिरै पार्टीमा सङ्गठित हुनु भएका उहाँ किसान आन्दोलनका अगुवा हुनुहुन्थ्यो । बलवाका चन्द्रबहादुर मल्ल (संस्थापक इन्द्रबहादुर मल्लका छोरा) त मेरा अभिभावक नै हुनुहुन्थ्यो । पञ्चायतकालका साथी अच्छेलाल साह (बलवा बजार) पनि सम्झनामा आउछन.. । यी सबै अब इतिहास बनी सकेका छन् । भरतबाबु अझै हामीलाई माया गर्न उपलब्ध हुनुहुन्छ ।

उहाँसँगको भेट निकै दिनसम्म सम्झनयोग्य बन्यो । उहाँले कैयनपटक मेरो शिर सहलाउनु भयो । परिवारजनबारे चासो व्यक्त गर्नुभयो । भरतबाबुको यो स्नेहील स्पर्श सधैसधैं पाइराखौ । तपाईं स्वस्थ्य रहनोस् । इच्छा हुनासाथ तपाईँको काख उपलब्ध होस् ।

–साभारः गोपाल बरालको फेसबुक वालबाट

  • सम्बन्धित समाचारहरु

    नेपालमा निजी विद्यालयहरूको योगदान र वर्तमान बहस

    Read more

    आधुनिकता र परम्पराको संगम : बालेनको सपथ र सांस्कृतिक सन्देश

    Read more

    Leave a Reply