इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

७ बैशाख , सुर्खेत  — उज्यालो नेपाल पार्टी (उनेपा)का अध्यक्ष कुलमान घिसिङ ले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारसँग माग गरेका छन्। कर्णाली प्रदेशस्तरीय प्रथम अगुवा कार्यकर्ता भेला तथा संगठन विस्तार कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन्।
घिसिङले कर्णाली प्रदेशको भौगोलिक अवस्था अत्यन्त विकट भएकाले इन्धनको मूल्यवृद्धिले जनजीवन अझ महँगो र कठिन बनाउने उल्लेख गरे। डिजेल, पेट्रोल र ग्यासजस्ता इन्धनमा विशेष सहुलियत दिनुपर्नेमा जोड दिँदै मूल्य बढाउनु उपयुक्त नभएको उनको भनाइ छ।
उनका अनुसार इन्धनको मूल्यवृद्धिले कर्णालीमा आन्तरिक तथा बाह्य पर्यटनमा समेत नकारात्मक असर पार्नेछ। छिमेकी भारतमा इन्धनको मूल्य नबढेको अवस्थामा नेपालमा वृद्धि गर्नु जनतामाथि अनावश्यक भार थप्नु भएको उनले टिप्पणी गरे।
सरकारलाई काम गर्ने वातावरण बनाउन आफूहरूले सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले विगतमा नेपाल विद्युत् प्राधिकरण को नेतृत्व गर्दा कर्णालीको विद्युतीकरण र प्रसारण लाइन विस्तारका लागि करिब ३५ अर्ब रुपैयाँ लगानी सुनिश्चित गरिएको दाबी गरे। १३२ केभी प्रसारण लाइनको काम जुम्लासम्म विस्तार भइरहेको जानकारी पनि उनले दिए।
अध्यक्ष घिसिङले छोटो समयमै पार्टी गठन गर्नुपरेकाले व्यवस्थापनमा केही चुनौती आए पनि आगामी निर्वाचनमा पार्टीलाई सशक्त बनाउने दाबी गरे। वडा तहसम्म संगठन विस्तार गर्ने योजना रहेको उल्लेख गर्दै उनले कर्णालीमा विकास र पूर्वाधार सुधारलाई प्राथमिकतामा राख्ने बताए।

  • सम्बन्धित समाचारहरु

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more

    मैले लगानी गरेको रकम ऋणबाट जुटाइएको हो : गृहमन्त्री गुरुङ

    Read more