वीरगंज महानगरपालिकाले सुरु गर्‍यो भर्ना अभियान, वैशाख १५ देखि नियमित पठनपाठन

६ बैशाख, बिरगंज । वीरगंज महानगरपालिकाले शैक्षिक सत्र २०८३ लाई लक्षित गर्दै भर्ना अभियान सञ्चालन गर्ने निर्णय गरेको छ। महानगरपालिकाको शिक्षा शाखाद्वारा जारी सूचनाअनुसार सामुदायिक विद्यालयहरूमा विद्यार्थी भर्ना सुनिश्चित गर्न विशेष अभियान अघि बढाइएको हो।
महानगरपालिकाले वैशाख ७ गतेदेखि १५ गतेसम्म ‘भर्ना अभियान सप्ताह’ सञ्चालन गर्ने जनाएको छ। यस अवधिमा विद्यालय उमेर समूहका सबै बालबालिकालाई विद्यालय भर्ना गराउन अभिभावक, शिक्षक तथा सरोकारवालालाई सक्रिय रूपमा परिचालन गरिनेछ।
सूचनामा भर्ना अभियानलाई प्रभावकारी बनाउन अभिलेखीकरण, सर्वेक्षण, अनुगमन तथा समन्वयका कार्यहरू गर्ने उल्लेख गरिएको छ। साथै, शिक्षामा पहुँच विस्तार गर्न दीर्घकालीन योजना तथा विद्यालय सुधार योजना (SIP) निर्माणमा समेत जोड दिइएको छ।
यसैगरी, महानगरपालिकाले वैशाख १५ गतेदेखि नियमित रूपमा पठनपाठन सुरु गरिने जानकारी दिएको छ। अभियान सफल बनाउन सबै विद्यालय, अभिभावक तथा स्थानीय तहका निकायहरूलाई सहकार्य गर्न आग्रह गरिएको छ।
महानगरपालिकाका अनुसार, अभियानले विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

    Read more

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more