जनकपुरधाममा सांसद मनिष झाको सक्रियता: नागरिक सेवामा प्रत्यक्ष सहजीकरण

३ बैशाख , जनकपुरधाम। — धनुषा क्षेत्र नं. ३ का सांसद मनिस झा ले आज जिल्ला प्रशासन कार्यालय धनुषा र जिल्ला प्रहरी कार्यालयमा स्वयं उपस्थित भई नागरिकलाई सरल र सहज सेवा उपलब्ध गराउन सहजीकरण गरेका छन्।
कार्यालयमा सेवाग्राहीहरूको भीड र प्रक्रिया जटिलताका कारण नागरिकले भोग्ने समस्यालाई मध्यनजर गर्दै उनले प्रत्यक्ष रूपमा सेवाग्राहीसँग संवाद गर्नुका साथै सम्बन्धित निकायसँग समन्वय गरी सेवा प्रवाहलाई छरितो बनाउने प्रयास गरेका थिए।
सांसद झाले प्रशासन र नागरिकबीचको सम्बन्धलाई सन्तुलित, उत्तरदायी र सक्रिय बनाउनु जनप्रतिनिधिको प्रमुख दायित्व भएको उल्लेख गर्दै यस्तो पहलले सेवामा पारदर्शिता र प्रभावकारिता बढ्ने विश्वास व्यक्त गरे।
उनले यस कार्यलाई नियमित अभ्यासका रूपमा अघि बढाउने घोषणा गर्दै प्रत्येक महिनाको पहिलो सातामा यस्तै सहजीकरण कार्यक्रम सञ्चालन गर्ने बताएका छन्।
स्थानीयवासीले सांसद झाको यस पहलको प्रशंसा गर्दै यसले सरकारी सेवा प्रवाहमा सकारात्मक सुधार ल्याउने अपेक्षा व्यक्त गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

    Read more

    मधेसका विद्यार्थीको सुझाव समेटेर शिक्षा प्रणाली र पाठ्यक्रम सुधार गरिने : मन्त्री पोखरेल

    Read more