समय मै हामीले चेतेनौं भने ठुलो दुर्घटना हुन् बेर लाग्दैन

✍️  पशुपतिनाथ झा मधेशी , युवा अभियानी — नेपालमा संघीय व्यबस्था लागु भएपछी स्थानीय तह एउटा शक्तिशाली इकाई को रूपमा स्थापित भएको छ।
संघ , प्रदेश र स्थानीय सरकारको रूपमा विभाजित यस प्रणालीमा स्थानीय निकायहरुले प्रदेशहरु भन्दा पनि बढी अधिकार र झन्डै दोब्बर बजेट पाएका छन्। तर सिंघदरबार गाउँमा पुर्याउने संवैधानिक मर्मको बिपरित स्थानीय निकायहरु बेथिति र बितन्डाको केन्द्र बनेका छन। आर्थिक अनियमितता माथि कुनै अंकुश छैन भने गोप्य रूपमै उपभोक्ता समितिहरु बनाएर बजेट कुम्ल्याउने घृणित कार्य उत्कर्षमा पुगेको छ। अधिकांस ठाउहरुमा आम जनमानस स्थानीय सरकारहरुले गर्ने विकास कार्य संग अनभिग्य नै हुन्छन , सुचना पाउने जनताको नैसर्गिक अधिकार बाधित हुने अनेकौं वृतान्त भेटिन्छन।
मधेशमा त झन दयनीय अवस्था छ। पालिकाहरुले सार्वजनिक गर्नु पर्ने बजेटको जानकारी आम जनले बिरलै थाहा पाउछन। अहिलेको अवस्थमा सत्तासिन स्थानीय निकायका छोटे राजाहरुको नीति र कार्यक्रममा भएको मनोमानीको विरुद्ध आवाज उठाउँदा क्रुरतापूर्ण दमनको सामना गर्नु पर्दछ आम जनतलाई। लोकतन्त्रमा शान्तिपूर्वक विरोध गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकारलाइ कुण्ठित पार्ने कार्यमा स्थानीय निकायहरु बिगतका कुख्यात राणाहरुको जहानिया शासन लाई पनि पछि पारेका छन। आफ्नो प्रतिनिधि आफैं चुनेर आफ्नो स्थानीय कार्यहरु बढी प्रभावकारी ढंगले होस् भने चाहना राखेका आम जनता अहिले नराम्ररी ठगिएका महशुश गरिरहेका छन।
कुनै पनि ठाउमा विकास कार्यलाई प्रभावकारी बनाउन राम्रो विजन र मिशनको आवश्यकता हुन्छ जुन नेपालका स्थानीय निकायहरुमा बिरलै भेटिन्छ। खासमा जहाँ अग्रगामी सोचले सिंचित योजनाहरुको सावधानीपूर्वक कार्यन्वयन हुनु पर्ने हो त्यहि सेटिंगको आधारमा ब्रह्मलूट भैरहेको छ। नेपाल एउटा यस्तो देश हो जहाँ आयात र निर्यात को अन्तर खतरनाक स्तर मै छ , निरन्तर व्यापार घाटा बढी नै रहेको यस देशको मुख्य लक्ष्य उत्पादकता मा वृद्धि हुनु पर्ने हो तर हामी लगभग अनभिज्ञ नै छौं। द्रुत गतिमा हामी श्रीलंका र पाकिस्तान को बाटो मा हिंडिरहेको चेतावनी बेला बेलामा अर्थविद्हरु बाट पाई नै रहेका छौं।
कुनै देशको सबलताको मेरुदण्ड भनेको त्यहाँ को जनताको स्वास्थ्य , शिक्षा र उद्यमशीलता हो। हामी बर्षेनी लाखौं जनतालाई सस्तो मजदूर र घरेलु कामदारका रूपमा निर्यात गरिरहेका छौं भने स्थानीय निकायको अदुरदर्शिताको कारणले शिक्षा र स्वास्थ्यको अवस्था टिठलाग्दो अवस्थामा पुगेको छ। स्थानीय निकायहरुमा भ्रस्टाचार रूपी राक्षसले यति बिकराल रुप लिएको छ कि यस को शिकार जनता र त्यहाँका निरिह कर्मचारी हरु निरन्तर बनि रहेको समाचारले अखबारका पानाहरु भरिएका हुन्छन। स्थिति बिग्रिन्दै गएर हाम्रो सामाजिक अवस्था एकदमै अस्थिर बनाएको छ र हामी कुनै ज्वालामुखी को बिस्फोटन बाट धेरै टाढा छैनौ। समय मै हामी चेतेनौं भने ठुलो दुर्घटना हुन् बेर लाग्दैन। यसकारण सम्पूर्ण प्रबुद्ध र जिम्मेदार नागरिक , संस्थान र व्यक्तिहरुले एउटा जिम्मेबारी का साथ यस्तो दुर्घटना बाट जोगिन बलियो पाइला चाल्नु पर्ने आज को आवश्यकता हो।

  • सम्बन्धित समाचारहरु

    • विचार
    • ४ हप्ता अगाडि
    • 36 views
    • 1 minute Read
    बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न

    Read more

    • विचार
    • १ महिना अगाडि
    • 45 views
    • 1 minute Read
    मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

    Read more

    Leave a Reply