जनताको सूचनाको भरपर्दो र दिगो माध्यम हो, पत्रकारिता

✍️   रमेशचन्द्र झा , शिक्षक तथा अभियन्ता —–आज विश्वभरि नै शासकहरू पत्रकारप्रति रुष्ट छन् । उनीहरू पत्रकारले सरकारको कामको बढाइचढाइ प्रचार गरून् भन्ने चाहन्छन् । उनीहरू भ्रष्टाचार, सुशासन मन्त्रिमण्डलबारेमा कुनै नकारात्मक समाचार नलेखून् भन्ने चाहन्छन् । अहिले सरकार वा सरकार प्रतिनिधित्व गर्ने गठबन्धन सबै पार्टी र कार्यकर्ता जोगाउन र भ्रष्टाचार गर्न लक्ष्यित छन।यदि पत्रकारले सत्यतथ्य उजागर गर्न खोज्दा या सामाचार तयार गर्दा विभिन्न धाक,धम्की दिन बाट सरकार चुक्दैन पत्रकारप्रति यति नकारात्मक हुन्छ कि आफूलाई मन नपरेको सञ्चारमाध्यमका पत्रकारलाई मुख छोड्नसमेत पछि पर्दैन ।
उनी नामै किटेर तँ फलानो सञ्चारमाध्यमको पत्रकार यहाँबाट गइहाल् भन्न बेर लगाउदैन । सबै पार्टी आ आफ्ना पत्रकार संघसंगठन निर्माण गरेका छन र ती पत्रकार छोप ढाक सत्यतथ्यलाई असत्य र सरकारलाई जोगाउन कुनै कसर बाकी राख्दैन तर पत्रकारिता यस्तो पेसा हो, जहाँ सरकार जे कुरा लुकाउन खोज्छ, त्यो खास समाचार बन्छ । शासकले जे नलेख भन्छ, त्यही समाचार पत्रकारले लेख्नु हुदैन लुकाउन खोजिएको विषय जनतालाई थाहा दिनु नै पत्रकारिताको धर्म हो ।
सरकारी सञ्चारमाध्यम, जो सरकारी उच्च पदमा रहेका व्यक्ति तथा कर्मचारीको गतिविधिको समाचार सम्पे्रषणमा धेरै, जनताको पीरमर्काप्रति कम केन्द्रित छन् । व्यावसायिक भनिएका अर्काखाले सञ्चारमाध्यम, जो आफ्नो व्यवसायमा पर्ने असरप्रति संवेदनशील छन् । समाचार सम्प्रेषणमा सन्तुलित भनिए पनि व्यावसायिक धर्ममा बाँधिएका छन् । अर्का छन्, विभिन्न संगठनमा आबद्ध भएका व्यक्तिका सञ्चारमाध्यम । उनीहरू आफ्नो माउ पार्टी वा धारको ऐजेन्डाका अनुसार सञ्चालित छन् ।
जो जसरी पत्रकारितामा सक्रिय रहे पनि पत्रकारिताको मूल उद्देश्य जनताको सूचनाको हकको प्रत्याभूति नै हुनुपर्छ । समाजमा रहेका विकृति विसंगतिलाई उजागर गर्दै सही, सत्य सूचना प्रदान गर्नुपर्छ । पत्रकारिताको व्यावसायिक अभ्यासलाई उच्चतम कायम राख्दै पत्रकारिताको शुद्धताका लागि स्थापित संस्था हो।
वि.सं. १९५८ मा गोरखापत्र स्थापना गर्दा नै देव शमशेरले गोरखापत्रमा के छाप्ने, के नछाप्ने भन्नेबारेमा सनदमार्फत नियम बनाएका थिए । सरकारले गर्ने उद्घाटनलगायत श्री ३ का गतिविधि पत्रिकामा नछाप्नु भनेका थिए । आज शासकहरू पत्रकारप्रति रुष्ट छन् । उनीहरू पत्रकारले सरकारको कामको बढाइचढाइ प्रचार गरून् भन्ने चाहन्छन् । उनीहरू भ्रष्टाचार, सुशासन मन्त्रिमण्डलबारेमा कुनै नकारात्मक समाचार नलेखून् भन्ने चाहन्छन् ।

 

 

  • सम्बन्धित समाचारहरु

    • विचार
    • ४ हप्ता अगाडि
    • 36 views
    • 1 minute Read
    बालेन्द्र शाह सरकारको सय दिन र मधेसको मौन प्रश्न

    Read more

    • विचार
    • १ महिना अगाडि
    • 45 views
    • 1 minute Read
    मधेसको पीडा, संघीयताको सपनामाथि कमिसनको छायाँ

    Read more

    Leave a Reply