नेपाल–भारत सीमा विवादमा तेस्रो पक्षको भूमिका नरहेको भारतको स्पष्टोक्ति

१९ जेठ,काठमाडौ ।  भारतीय विदेश मन्त्रालय ले नेपाल–भारत सीमासम्बन्धी विवादमा कुनै तेस्रो मुलुकको भूमिका नरहेको स्पष्ट पारेको छ ।
मंगलबार नयाँदिल्लीमा आयोजित नियमित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधिर जयसवाल ले नेपाल र भारतबीच देखिएका सीमा विवाद समाधानका लागि द्विपक्षीय संयन्त्रमार्फत पहल भइरहेको बताएका हुन् ।
उनले नेपाल–भारतबीचका सबै द्विपक्षीय विषय आपसी संवादबाट समाधान गरिने उल्लेख गर्दै यसमा कुनै तेस्रो पक्षको संलग्नता स्वीकार्य नरहेको बताए ।
प्रवक्ता जयसवालले भने, “सीमासम्बन्धी समस्या समाधानका लागि द्विपक्षीय संयन्त्र बनाएका छौँ । भारत र नेपालबीच रहेका सबै द्विपक्षीय मामिलामा कुनै तेस्रो पक्षको भूमिका छैन ।”
यसअघि प्रधानमन्त्री बालेन शाह ले लिपुलेक सीमा विवादका विषयमा चीन र बेलायतसँग समेत कूटनीतिक संवाद भइरहेको बताएका थिए । त्यसपछि भारतको यो प्रतिक्रिया आएको हो ।
नेपाल–भारतबीच लिपुलेक, कालापानी र लिम्पियाधुरालगायत क्षेत्रको सीमा विवाद लामो समयदेखि कायम छ । दुई देशबीच कूटनीतिक तथा प्राविधिक तहमा यस विषयमा छलफल हुँदै आएको छ ।

  • सम्बन्धित समाचारहरु

    वन जोगाउने साझा संकल्प सगैं वन पैदावारको अवैध चोरी–तस्करी नियन्त्रणबारे सरोकारवाला बिच वृहत अन्तरक्रिया सम्पन्न

    Read more

    अवैध निजि बिधालयमाथी जनकपुरधाम उपमहानगर को डन्डा

    Read more