अत्यधिक गर्मीका कारण बर्दिबासका विद्यालय दुई दिन बन्द

२१ जेठ,महोत्तरी । अत्यधिक गर्मी र तातो हावाहुरी (लू) का कारण विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम बढेपछि बर्दिबास नगरपालिकाले नगरभित्रका सबै विद्यालयमा दुइ दिनका लागि गर्मी बिदा दिएको छ।

बर्दिबास नगरपालिकाले बुधबार जारी गरेको सूचनाअनुसार पछिल्ला केही दिनदेखि बढ्दो गर्मीका कारण जनजीवन प्रभावित भएको र विद्यालयमा अध्ययनरत बालबालिकाको स्वास्थ्य तथा सुरक्षालाई ध्यानमा राख्दै सामुदायिक, संस्थागत (निजी) तथा धार्मिक विद्यालयहरूको पठनपाठन बन्द गर्ने निर्णय गरिएको हो।

नगरपालिकाका अनुसार जेठ २१ गतेदेखि जेठ २२ गतेसम्म विद्यालयको नियमित पठनपाठन पूर्ण रूपमा बन्द रहनेछ। नगरपालिकाले विद्यार्थीहरूको हितलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको जनाएको छ।

साथै, गर्मीको समयमा बालबालिकालाई अत्यावश्यक कामबाहेक घरबाहिर धेरै हिँडडुल नगर्न र आवश्यक सावधानी अपनाउन अभिभावकहरूलाई पनि अनुरोध गरिएको छ।

 

 

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more