लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

२६ भदौ, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनबीच आज टेलिफोन वार्ता भएको छ।
वार्ताका क्रममा प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सरकारले खोज, उद्धार, राहत तथा पुनःस्थापनाका कार्यलाई तीव्रता दिएको जानकारी गराउनुभयो। उहाँले बाढीमा बेपत्ता भएका सबै नागरिकको खोजीलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएकाछन।
प्रधानमन्त्री शाहले न्यूजिल्याण्ड सरकारले उपलब्ध गराएको २० लाख न्यूजिल्याण्ड डलर बराबरको मानवीय सहायताप्रति कृतज्ञता व्यक्त गरेकाछन।
उहाँले जलवायुजन्य विपद्का दृष्टिले नेपाल उच्च संवेदनशील मुलुक रहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय मञ्चहरूमा क्षति तथा नोक्सानीका लागि वित्तीय सहयोग जुटाउन न्यूजिल्याण्ड सरकारको रचनात्मक सहयोगका लागि आग्रह गर्नुभयो।
टेलिफोन वार्ताका क्रममा न्यूजिल्याण्डका प्रधानमन्त्री क्रिस्टोफर लक्सनले नेपालमा गएको विनाशकारी बाढीप्रति न्यूजिल्याण्ड सरकार तथा जनताको तर्फबाट हार्दिक समवेदना र ऐक्यबद्धता व्यक्त गरेकाछन।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    राहत सीमामै थन्कियो, सरकारी झन्झटले मानवता गिज्याएको नगर प्रमुख साहको आरोप

    Read more