२५ भदौ, काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा सुनसरी–४ का सांसद दीपककुमार साहलाई नियुक्त गर्न राष्ट्रपति समक्ष सिफारिस गरेका छन्।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएपछि प्रधानमन्त्री शाहले रिक्त मन्त्रालयको जिम्मेवारी साहलाई दिने निर्णय गर्दै उनको नाम राष्ट्रपति कार्यालयमा पठाएका हुन्।
साह निर्वाचनअघि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गरेका थिए। त्यसअघि उनी सीके राउत नेतृत्वको जनमत पार्टीमा आबद्ध थिए।
जनमत पार्टीबाट निष्काशित भएपछि साहले आफ्नै राजनीतिक दलसमेत गठन गरेका थिए। पछि उनी रास्वपामा प्रवेश गरी प्रतिनिधिसभा सदस्यका रूपमा सक्रिय रहँदै आएका छन्।
राष्ट्रपतिबाट नियुक्ति स्वीकृत भएपछि साहले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जिम्मेवारी सम्हाल्नेछन्।
















