बाढी प्रभावित क्षेत्रको खोज, उद्धार र पुनर्स्थापनाबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बस्दै

२५ भदौ, काठमाण्डौ । प्रधानमन्त्री वालेन्द्र शाहले आज दिउँसो ३ बजे मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको छ। बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।

बैठकमा समसामयिक विषयसँगै भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि जारी खोज, उद्धार, उपचार, राहत तथा पुनर्स्थापनाका कामलाई थप प्रभावकारी बनाउने विषयमा छलफल हुने बताइएको छ।

बाढीबाट प्रभावित क्षेत्रमा सरकारका विभिन्न निकाय तथा सुरक्षाकर्मीमार्फत खोज तथा उद्धार, घाइतेको उपचार, राहत वितरण र प्रभावित नागरिकको पुनर्स्थापनाका काम भइरहेका छन्।

प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकलाई आवश्यक सहयोग पुर्‍याउने कार्यलाई तीव्रता दिन तथा प्रभावित क्षेत्रको अवस्था सम्बोधन गर्न आवश्यक थप निर्णय गर्ने उद्देश्यले मन्त्रिपरिषद् बैठक बोलाउनुभएको जनाइएको छ।

बैठकबाट बाढी प्रभावित क्षेत्रमा तत्काल राहत, पुनर्निर्माण तथा पुनर्स्थापनाका लागि थप आवश्यक कदम चाल्ने निर्णय हुन सक्ने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    सोलुखुम्बुको डयाम जुनसुकै बेला फुटन सक्ने जोखिम, नदी किनारका स्थानीय बासिन्दालाई सतर्क गराईयो

    Read more

    लक्सनसँग प्रधानमन्त्री शाहको टेलिफोन वार्ता, बाढीपीडितका लागि सहयोगप्रति कृतज्ञता

    Read more