पार्टीको नेतृत्व नछोड्ने ओलीको घोषणा, ‘बीचमै झोला फ्याकेर भाग्दिनँ’

२० जेठ, काठमाडौ । नेकपा (एमाले)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नेतृत्व बीचमै नछोड्ने स्पष्ट गर्दै आफू अप्ठ्यारो परिस्थितिबाट भाग्ने व्यक्ति नभएको बताएका छन्।
कार्यकर्तामाझ सम्बोधन गर्दै अध्यक्ष ओलीले आफूलाई गत पुस ३ गते पार्टीको अध्यक्षमा चयन गरिएको स्मरण गराउँदै अनुकूल अवस्था हुँदा नेतृत्व गर्ने र चुनौती आउँदा जिम्मेवारी त्याग्ने सोच आफ्नो नभएको बताए।
उनले पार्टीभित्र आफूले नेतृत्व छाड्ने हो कि भन्ने आशंका कसैमा भए त्यसलाई मनबाट हटाउन आग्रह गरे। “मैले बीचैमा झोला फ्याकेर पार्टीलाई अलपत्र छोडेर हिँड्ने हो कि भन्ने आशंका मनमा नलिनुहोस्,” उनले भने।
ओलीले अप्ठ्यारो परिस्थितिसँग जुध्दै पार्टीलाई सफलताको दिशामा अघि बढाउने आफ्नो दायित्व रहेको उल्लेख गर्दै पार्टीलाई निर्धारित लक्ष्यमा पुर्‍याएपछि मात्रै विधि, विधान र प्रक्रियाअनुसार विश्राम लिने अवस्था बन्ने बताए।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more