दिल्लीमा रवि लामिछानेको सन्देश : ‘राजनीतिक होइन, समृद्धिको ढोका खोल्न आएको हुँ

२१ जेठ, नयाँदिल्ली । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले आफू भारतको राजधानी नयाँदिल्ली राजनीतिक स्वार्थका लागि नभई नेपाल र नेपालीको समृद्धिका लागि सहकार्यको एजेण्डा बोकेर आएको बताएका छन्।
दिल्लीमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै लामिछानेले विगतमा धेरै नेताहरू राजनीतिक सम्बन्ध विस्तार गर्न भारत आएको उल्लेख गर्दै आफू भने आर्थिक विकास र समृद्धिको ढोका खोल्ने उद्देश्यसहित आएको बताए।
उनले भने, “नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न त धेरै मानिसहरू आए, म यसपटक समृद्धिको ढोका खोल्न नयाँ दिल्ली आएको हुँ। समृद्ध नेपालको सपना हामीले सिङ्गो युगदेखि देखिरहेका थियौँ, त्यसमा सहकार्य गर्ने एजेण्डा बोकेर आएको हुँ।”
लामिछानेले आफ्नो भ्रमण कुनै व्यक्तिगत वा पार्टीगत स्वार्थसँग सम्बन्धित नभएको स्पष्ट पार्दै नेपाल र नेपालीको हित नै आफ्नो प्राथमिकता रहेको बताए।
“मेरो व्यक्तिगत माग मुद्दा केही पनि छैन, पार्टीगत माग मुद्दा केही पनि छैन। मेरा माग र मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिमा मात्र केन्द्रित छन्, त्यसैका लागि मात्र म दिल्ली आएको हुँ,” उनले भने।
उनको उक्त अभिव्यक्तिलाई नेपाल–भारत सम्बन्धलाई विकास, लगानी, व्यापार तथा आर्थिक सहकार्यतर्फ केन्द्रित गर्ने सन्देशका रूपमा हेरिएको छ। हाल भारत भ्रमणमा रहेका लामिछानेले विभिन्न कार्यक्रम तथा भेटघाटमार्फत नेपालका विकास र समृद्धिसम्बन्धी विषय उठाइरहेका छन्।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more