१०० भन्सार सीमा विरुद्ध जसपाको विरोध, निर्णय पुनर्विचार गर्न माग

५ बैशाख , काठमाडौ । जनता समाजवादी पार्टी (जसपा), नेपालले नेपाल–भारत सीमामा लागू गरिएको रु १०० सम्मको सामानमा मात्र भन्सार छुट दिने व्यवस्थाप्रति घोर आपत्ति जनाएको छ। पार्टीले उक्त प्रावधानले तराई–मधेश क्षेत्रका सर्वसाधारणको दैनिक जीवनमा प्रत्यक्ष असर पारेको भन्दै तत्काल पुनर्विचार गर्न सरकारसँग माग गरेको हो।
पार्टीका संरक्षक महन्थ ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा नेपाल र भारतबीचको पारम्परिक, सामाजिक, सांस्कृतिक तथा आर्थिक सम्बन्धलाई कमजोर पार्ने खालको नीति लागू गरिएको उल्लेख गरिएको छ। तराई–मधेश क्षेत्र ऐतिहासिक रूपमा भारतसँग गहिरो रूपमा जोडिएको हुँदा यस्तो निर्णयले जनस्तरमा असहजता र असन्तोष बढाएको विज्ञप्तिमा जनाइएको छ।
जसपाले विशेषगरी सडक मार्ग हुँदै आवतजावत गर्ने नागरिकलाई लक्षित गरी ल्याइएको उक्त व्यवस्था अदूरदर्शी भएको ठहर गरेको छ। दैनिक उपभोगका सामानमा समेत कडाइ गर्दा सीमावर्ती क्षेत्रका बासिन्दाहरू मारमा परेको पार्टीको भनाइ छ।
विज्ञप्तिमा नागरिकको दैनिकीसँग प्रत्यक्ष जोडिएका यस्ता कानुनी व्यवस्थाहरू तत्काल खारेज गरी पहिलेको जस्तै सहज व्यवस्था कायम गर्न सरकारसँग जोडदार माग गरिएको छ। साथै, सामाजिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धमा असर पर्ने कुनै पनि नीतिगत निर्णय सच्याउन पनि सरकारलाई आग्रह गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    देवानगञ्ज घटनामा सरकार र पीडित परिवारबीच ७ बुँदे सहमति, मृतकलाई शहीद घोषणा प्रक्रिया अघि बढाइने

    Read more

    सुनसरी घटनामा ओलीको सरकारलाई चेतावनी : ‘हिंसात्मक कदम रोक्नुस्, संवादबाट समाधान खोज्नुस्’

    Read more