एक सातामै बढ्यो १६ हजार सुनको भाउ

१७ चैत, काठमाडौं । सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । एक सातामा सुनको भाउ प्रतितोला १६ हजार ३ सय रुपैयाँ बढेको छ ।

गत मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएकोामा आज २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको हो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा १४५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । एक सातामा चाँदी प्रतितोला ३४० रुपैयाँ बढेको छ ।

 

सम्बन्धित समाचारहरु

निलार्जुन कलेजमाथि गुठी जग्गा कब्जाको आरोप, कलेजले भन्यो– ‘आरोप तथ्यहीन

Read more

लालबकैया खोलामा बगाएर ल्याइएको २७.४७ क्युबिक फिट सालको काठ

Read more