पूर्व प्रमुख जिल्ला अधिकारी छवि रिजाल पक्राउ

१७ चैत, काठमाडौ । — काठमाडौंका पूर्व प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजाललाई अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ।
भदौ महिनामा भएको ‘जेनजी आन्दोलन’का क्रममा अत्यधिक बल प्रयोग तथा दमन गरेको आरोपमा गठित जाँचबुझ आयोगको सिफारिसपछि उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। आयोगले उक्त आन्दोलनका क्रममा सुरक्षाकर्मी परिचालन र प्रशासनिक निर्णयमा गम्भीर त्रुटि भएको निष्कर्ष निकालेको थियो।
यससँगै रिजालमाथि गृह मन्त्रालयमा कार्यरत रहँदा कर्मचारी सरुवा–बढुवामा अनियमितता, सेटिङ तथा भ्रष्टाचार गरेको आरोपमा समेत अनुसन्धान अघि बढाइएको छ। सम्बन्धित निकायले उनीसँग सोधपुछ जारी राखेको र थप प्रमाण संकलनको काम भइरहेको जनाएको छ।
सुरक्षा निकायका अनुसार अनुसन्धानका आधारमा आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइनेछ। यस घटनाले प्रशासनिक वृत्तमा तरंग सिर्जना गरेको छ भने सरकारको सुशासन अभियान अन्तर्गत कारबाही तीव्र बनाइएको संकेत गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    अमेरिकाको लुजियाना राज्यमा गोली चलाएर ८ बालबालिकाको हत्या

    Read more

    गृहमन्त्री गुरुङमाथि सम्पत्ति लुकाएको आरोप, पद संकटमा

    Read more