एक सातामै बढ्यो १६ हजार सुनको भाउ

१७ चैत, काठमाडौं । सुनचाँदीको भाउ फेरि उकालो लागेको छ । एक सातामा सुनको भाउ प्रतितोला १६ हजार ३ सय रुपैयाँ बढेको छ ।

गत मंगलबार नेपाली बजारमा सुनको भाउ प्रतितोला २ लाख ७३ हजार ९ सय रुपैयाँमा कारोबार भएकोामा आज २ लाख ९० हजार २ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा आज सुनको भाउ प्रतितोला ६ हजार ७०० रुपैयाँ बढेको हो ।

त्यस्तै चाँदीको मूल्य आज तोलामा १४५ रुपैयाँले बढेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला ४ हजार ८४५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन प्रतितोला ४ हजार ७०० रुपैयाँमा खरिदबिक्री भएको थियो । एक सातामा चाँदी प्रतितोला ३४० रुपैयाँ बढेको छ ।

 

सम्बन्धित समाचारहरु

विशेष अधिवेशनदेखि विधान संशोधनसम्म एन प्याब्सन लाई मन्त्रालय को निर्देशन

Read more

एन–प्याब्सन नेपाल निलम्बित, अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक

Read more