इजरायलद्वारा इरानमाथि पुनः आक्रमण, दुवै देशमा आपतकाल घोषणा

१६ फागुन,  काठमाडौं । मध्य एशियामा बढ्दो तनावका बीच इजरायल ले पुनः इरान माथि आक्रमण गरेको जनाएको छ। इजरायलका रक्षा मन्त्रीले देशभर युद्धकालीन आपतकाल घोषणा गरिएको जानकारी दिएका छन्।
उनका अनुसार इरानको राजधानी तेहरान मा आक्रमणपछि धुवाँको मुस्लो उठेको देखिएको छ। आक्रमणको विस्तृत क्षति विवरण सार्वजनिक गरिएको छैन।
इरानमाथि आक्रमण भएपछि इजरायलभर सायरन बजाइएको छ। इजरायली सेनाले इरानबाट मिसाइल आक्रमण हुन सक्ने चेतावनी दिँदै सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ। सम्भावित प्रतिआक्रमणको जोखिमलाई ध्यानमा राख्दै देशभर युद्ध आपतकाल लागू गरिएको जनाइएको छ।
यसैबीच अफगानिस्तान र पाकिस्तान बीच पहिले नै तनावपूर्ण अवस्था कायम रहेकाले इजरायल–इरानबीचको पछिल्लो भिडन्तले क्षेत्रीय सुरक्षा अवस्था थप जटिल बन्ने विश्लेषण गरिएको छ।
यसअघि अमेरिका ले आफ्ना नागरिकलाई इजरायल छाड्न निर्देशन दिएको बताइएको छ।
क्षेत्रीय तथा अन्तर्राष्ट्रिय समुदायले बढ्दो सैन्य गतिविधिप्रति चिन्ता व्यक्त गर्दै संयम अपनाउन आह्वान गरेका छन्।

  • सम्बन्धित समाचारहरु

    इन्धन मूल्यवृद्धि तत्काल फिर्ता लिन कुलमान घिसिङको माग

    Read more

    पेट्रोलियम मूल्यवृद्धि फिर्ताको माग गर्दै काठमाडौंमा प्रदर्शन

    Read more