मैथिली साहित्य समाजद्वारा १२औँ वार्षिकोत्सव तथा १४५ औं कविगोष्ठी सम्पन्न

१६ फागुन, जनकपुरधाम।  मैथिली साहित्य समाज द्वारा आयोजित १२औँ वार्षिकोत्सव तथा १४५ औं कविगोष्ठी कार्यक्रम शनिबार दिउँसो १ बजे जनकपुरधामस्थित बार एसोसिएसनको सभा कक्षमा सम्पन्न भएको छ।
समाजका अध्यक्ष शीतल झाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मधेस प्रदेश सरकारका सभामुख राम अशिस यादव प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
कार्यक्रममा रामआशिष यादव, देवीकान्त मिश्र , मनमोहन झा, श्रीमती विन्दु ठाकुर, वैधनाथ पासवान, प्रशान्त झा, काशी कान्त झा “रसिक”, विभा पाण्डे, धिरेन्द्र झा, अमरकान्त ठाकुर, सुमित पासवान, डा. विजयकुमार झा, शिवराम झा तथा दीपक भण्डारीलगायतका कवि तथा साहित्यकारहरूको उपस्थिति रहेको थियो।
कविगोष्ठीमा सहभागी स्रष्टाहरूले मैथिली भाषा, साहित्य र सांस्कृतिक पहिचानका विविध पक्ष समेटिएका रचना वाचन गरेका थिए। वक्ताहरूले मैथिली साहित्यको संरक्षण, संवर्द्धन र पुस्तान्तरणका लागि संस्थागत पहल आवश्यक रहेको धारणा व्यक्त गरेका थिए।
कार्यक्रमका क्रममा सभामुख यादवले मैथिली साहित्य समाजका संयोजक काशी कान्त झा “रसिक”लाई दोसल्ला ओढाएर सम्मान गरेका थिए।
बार एसोसिएसनको सभा कक्षमा सम्पन्न उक्त कार्यक्रमले साहित्यप्रेमीहरूबीच उत्साह र सक्रियता थपेको आयोजकहरूको भनाइ रहेको छ।

  • सम्बन्धित समाचारहरु

    गुठीका अतिक्रमित पोखरी तथा डिलका संरचना हटाउन १५ दिनको थप समय

    Read more

    ९ दलीय मोर्चा एउटै चुनाव चिह्नमा, यादव भन्छन्– कांग्रेस–एमालेसँग सहकार्य गल्ती

    Read more