मध्यपूर्व तनाव: नेपाल सरकारद्वारा इजरायल–इरान क्षेत्रमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल

१६ फागुन ,  काठमाडौं । मध्यपूर्वमा इजरायल–इरान बीच बढ्दो सैन्य तनावलाई मध्यनजर गर्दै नेपाल सरकारले उक्त क्षेत्रमा रहेका नेपाली नागरिकहरूलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ।
परराष्ट्र मन्त्रालय तथा तेल अविवस्थित नेपाली दूतावास तेल अविव ले संयुक्त सूचना जारी गर्दै परिस्थिति सामान्य नबनेसम्म इजरायल र इरानको यात्रा स्थगित गर्न सर्वसाधारणलाई आग्रह गरेका छन्।
सूचनामा सकेसम्म घरभित्रै बस्न, सुरक्षित स्थल (सेल्टर) मा रहन र स्थानीय सुरक्षा निकायले जारी गरेका निर्देशनहरू पूर्ण रूपमा पालना गर्न भनिएको छ। अधिकारीहरूको पूर्वअनुमति विना अनावश्यक आवतजावत नगर्न पनि विशेष अनुरोध गरिएको छ।
त्यस्तै, कुनै पनि आपतकालीन अवस्थामा सहयोगका लागि स्थानीय नेपाली समुदाय, परराष्ट्र मन्त्रालय तथा तेल अविव र दोहास्थित नेपाली दूतावासहरूसँग निरन्तर सम्पर्कमा रहन निर्देशन दिइएको छ।
सरकारले परिस्थिति नजिकबाट अनुगमन गरिरहेको जनाउँदै नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राखिएको स्पष्ट पारेको छ।

  • सम्बन्धित समाचारहरु

    एस.एम. कलेजको छात्रवृत्ति परीक्षा सम्पन्न, विद्यार्थीहरूको उत्साहजनक सहभागिता

    Read more

    रास्वपा सरकारप्रति कुलमानको प्रश्न— जनताको समस्या कहिले सम्बोधन हुन्छ ?

    Read more