काठमाडौं, माघ १३ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने उपचारका लागि अस्पताल भर्ना भएका छन्। देब्रे खुट्टामा देखिएको संक्रमणका कारण उनलाई त्रिभुवन शिक्षण अस्पताल (टिचिङ अस्पताल) महाराजगञ्जमा भर्ना गरिएको उनका स्वकीय सचिव अविनाश आचार्यले जानकारी दिए।
आचार्यका अनुसार लामिछानेको देब्रे खुट्टाको छालामा संक्रमण देखिएपछि केही दिनदेखि घरमै आराम गरिरहेका थिए। पछिल्लो चेकजाँचका क्रममा चिकित्सकले थप निगरानीसहित उपचार आवश्यक पर्ने सुझाव दिएपछि उनलाई अस्पताल भर्ना गरिएको हो।
हाल उनको अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको जनाइएको छ। अस्पताल स्रोतका अनुसार संक्रमण नियन्त्रणका लागि आवश्यक औषधि उपचार सुरु गरिएको
















