रास्वपाको चुनावी घोषणापत्र फागुनको पहिलो साता सार्वजनिक हुने

१३ माघ , काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै आफ्नो चुनावी घोषणापत्र फागुनको पहिलो साता सार्वजनिक गर्ने तयारी गरेको छ। पार्टीका प्रवक्ता मनिष झाले उपसभापति डा. स्वर्णिम वाग्लेको नेतृत्वमा गठित ‘वाचापत्र मस्यौदा कार्यदल’ ले वाचापत्र लेखन कार्य तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए।
प्रवक्ता झाका अनुसार भौगोलिक क्षेत्र, विभिन्न व्यावसायिक क्षेत्र तथा पार्टीका आन्तरिक संयन्त्रबाट प्राप्त सुझावहरू संकलन गरेर वाचापत्रको मस्यौदा तयार पारिँदै छ। देशको समग्र राजनीतिक, आर्थिक र सामाजिक अवस्थालाई मध्यनजर गर्दै व्यवहारिक, परिणाममुखी र जनजीविकासँग प्रत्यक्ष जोडिने प्रतिबद्धताहरू समेट्ने गरी वाचापत्र निर्माण भइरहेको उनले बताए।
वाचापत्र मस्यौदा कार्यदलमा डा. स्वर्णिम वाग्लेसहित डा. नन्दन यादव, डा. अरनिको पाण्डे लगायतका विज्ञ तथा नेताहरू संलग्न छन्। पार्टीले वाचापत्रमार्फत सुशासन, रोजगारी सिर्जना, शिक्षा, स्वास्थ्य, आर्थिक सुधार तथा राज्य सञ्चालनका वैकल्पिक दृष्टिकोण प्रस्तुत गर्ने तयारी गरेको जनाएको छ।
यसैबीच, रास्वपाले वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ। पार्टी नेतृत्वले घोषणापत्रलाई केवल चुनावी दस्तावेजका रूपमा मात्र नभई भावी सरकार सञ्चालनको स्पष्ट मार्गचित्रका रूपमा प्रस्तुत गर्ने तयारी गरेको बताएको छ।
फागुनको पहिलो साता घोषणापत्र सार्वजनिक भएपछि देशभर चुनावी अभियान थप तीव्र बनाउने र मतदातामाझ आफ्ना नीति तथा कार्यक्रम स्पष्ट रूपमा राख्ने रास्वपाको

  • सम्बन्धित समाचारहरु

    शिवनगरमा विश्वकर्मा पूजाको अवसरमा निःशुल्क स्वास्थ्य शिविर आयोजना हुँदै

    Read more

    कांग्रेस महाधिवेशनका लागि ७७ जिल्लामा निर्वाचन अधिकृत खटिए

    Read more