राष्ट्रपतिद्वारा राष्ट्रिय सभाको अधिवेशन माघ ४ गते आह्वान

पुस २८, काठमाडौ । सम्माननीय राष्ट्रपति श्री रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम राष्ट्रिय सभाको अधिवेशन आह्वान गर्नुभएको छ।
नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२/०९/२८ को सिफारिसमा राष्ट्रपतिले संवत् २०८२ साल माघ ४ गते आइतबारका दिन बिहान ११:०० बजे संघीय संसद सचिवालय, सिंहदरबारमा राष्ट्रिय सभाको अधिवेशन बस्ने गरी आव्हान गर्नुभएको हो।

आगामी अधिवेशनमा समसामयिक राजनीतिक अवस्था, सरकारका नीति तथा कार्यक्रम, विधेयकहरू र राष्ट्रिय सरोकारका विभिन्न विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

  • सम्बन्धित समाचारहरु

    विशेष अधिवेशनदेखि विधान संशोधनसम्म एन प्याब्सन लाई मन्त्रालय को निर्देशन

    Read more

    एन–प्याब्सन नेपाल निलम्बित, अर्को निर्णय नभएसम्म संगठनका गतिविधिमा रोक

    Read more